राष्ट्रिय लिग: काँक्रेबिहार र फ्रेन्ड्स तथा भगवती र चर्च ब्वाइ भिड्दै

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदैछ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने उद्घाटन खेलमा काँक्रेबिहार युवा क्लब र फ्रेन्ड्स क्लब आमनेसामने हुनेछन्। यो खेल विहान ११ बजेबाट सुरु हुनेछ। यस्तै दोस्रो खेल दिउँसो ३ बजे श्री भगवती क्लब र चर्च ब्वाइज युनाइटेड भिड्नेछन्।
यस संस्करणको राष्ट्रिय लिगमा १७ क्लबको सहभागिता रहनेछ। लिग सुरु हुनुअघि मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा सहभागी सबै टोलीका प्रशिक्षक तथा कप्तानहरूले लिगमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने लक्ष्य रहेको बताएका छन्।
तीन वर्षदेखि शहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्न नसकेको एन्फाले यसपटक सिंगल राउन्ड रोबिन प्रणालीमा राष्ट्रिय लिग सञ्चालन गर्न लागेको हो। लिगमार्फत क्लबहरूलाई नियमित प्रतिस्पर्धा उपलब्ध गराउने तथा नेपाली फुटबलको स्तर उकास्ने एन्फाको उद्देश्य रहेको छ।
राष्ट्रिय लिगका खेलहरू दशरथ रंगशाला सातदोबाटोस्थित एन्फा मैदान तथा च्यासल मैदानमा आयोजना हुनेछन्।
लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ ‘ए’ डिभिजन क्लबका साथै मोफसलका लालिगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसी सहभागी हुनेछन्।
राष्ट्रिय लिगको विजेता टोलीले ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगितालाई नेपाली क्लब फुटबलका लागि महत्वपूर्ण मञ्चका रूपमा हेरिएको छ, जहाँ नयाँ प्रतिभा र स्थापित खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउनेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women