← समाचारमा फर्कनुस्
Football Jan 18, 2026 · Swadesh

राष्ट्रिय लिग: संकटाको पहिलो जित

राष्ट्रिय लिग: संकटाको पहिलो जित

काठमाडौं। राष्ट्रिय लिगमा संकटा फुटबल क्लबले सानदार प्रदर्शन गर्दै पहिलो जित दर्ता गरेको छ।


ललितपुरको च्यासल रंगशालामा आइतबार सम्पन्न खेलमा संकटाले काक्रेबिहार क्लबलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो।


संकटाको जितमा अनिश महर्जन, कृष्ण बहादुर आले, विशाल तामाङ र गिल्बर्ट बिल्गोलेले समान एक–एक गोल गरे।


यस जितसँगै संकटाले प्रतियोगितामा पहिलो स्पष्ट तीन अंक जोड्दै दुई खेलबाट ४ अंक बनाएको छ। यसअघि पहिलो खेलमा संकटाले सातदोबाटो युवा क्लबसँग गोलरहित बराबरी खेलेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →