← समाचारमा फर्कनुस्
Cricket Apr 10, 2023 · Nepalsports

ऋचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता सुरू , नरपथगञ्ज र एपीएफ विजयी

ऋचा मेमोरियल टी-२० क्रिकेट प्रतियोगिता सुरू , नरपथगञ्ज र एपीएफ विजयी

विराटनगर । प्रथम ऋचा मेमोरियल टी - २० क्रिकेट प्रतियोगितामा भारत विहारको राहुल ११ नरपथगञ्जल र विभागीय टिम एपीएफले विजय सुरूवात गरेको छ ।

 सोमबार भएको पहिलो खेलमा विभागीय टिम नेपाल आर्मीलाई ४ विकेटले निराश बनाउँदै नरपगगञ्ज विजयी भएको हो ।

 पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा विराटनगर जुट मिलको खेल मैदानमा भएको उद्घाटन खेलमा १२५ रनको विजय लक्ष्य पछ्याएको नरपथगञ्जले १६ दशवलम ४ बलमा ६ विकेट गुमाई पुरो गर्यो । नरपथगञ्जका रवि रोयले  ३० बलमा ४० रनको योगदान दिए । उनले ३ छक्का र ३ चौक्का प्रहार गरेका थिए । भानु आन्दले ३३ रन बनाउँदा अमर चौधरीले २० रनको योगदान दिए ।

 आर्मीका जितेन्द्र मुखिया र आकाश चन्दले समान २-२ विकेट लिए । सुशान्त विराजले १ विकेट लिए ।

 यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले १७ दशवलम ४ बलमा अलआउट भइ १२४ रनमा समिति भयो । आर्मीका हरी चौहानले ४० बलमा ६३ रनको अर्धशतकीय ईनिङ खेले । उनले ४ छक्का र ६ चौक्का प्रहार गरे । राजेश पुलामीले २६ बलमा ३४ रनको योगदान गरे ।

 नरपथगञ्जका श्रवन वर्माले ४ ओभरमा १९ रन खर्चिएर ४ विकेट लिए । रबडा कुमारले २ विकेट लिए । म्यान अफ द म्याच  नरपथगञ्जका श्रवन घोषित भए ।

 सोही दिन भएको दोस्रो खेलमा वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई  ४ विकेटले हराउँदै विभागीय टिम एपीएफ विजयी भएको छ ।

११६ रनको विजय लक्ष्य पछ्याएको एसपीएफले १७ दशवलम ३ बलमा ६ विकेटको क्षतिमा पुरा गर्यो । जसमा एपीएफका पुरन बिकले २७ रन,  अरुणले २६ रनको योगदान दिए ।

बलिङमा वाइआरसीसीका कमल खत्री, हर्षले समान २-२ विकेट लिए ।

 यसअघि टस जितेर ब्याटिङ्ग गरेको वाइआरसिसीले १८. ५ बलमा अलआउट भइ १ सय १५ रनमा समेटियो । वाइआरसिसीका अलराउन्डर खेलाडी हर्षले ३० बलमा ४४ रन बनाए । उनले चार चौक्का र २ छक्का हाने ।

 एपीएफका  दुरन बिकले ३.५ बलमा २६ रन खर्चेर ४ विकेट लिए । एपीएफका अमरसिंह सौटेलाले ३ विकेट लिए । २२ रन र ३ विकेट लिने अमरसिंह खेलको म्यान अफ द म्याच पनि घोषित भए ।

 लिकको आधरमा भएको प्रतियोगितामा मंगलबारको पहिलो खेल वाइआरसिसी र आर्मीबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल एपीएफ र नरपथञ्च बिच हुनेछ ।

 चैत २७ देखि वैशाख ३ गतेसम्म संचालन हुने प्रतियोगिता तीन वटा विभागीय टिमसहित ८ वटा टिमको सहभागिता रहेको पूर्वाञ्चल क्रिकेट एकेडेमीका अध्यक्ष  नरेश श्रेष्ठले जानकारी दिए ।

प्रतियोगिताका विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कारसहित ट्रफी पाउनेछन् । त्यसैगरी म्यान अफ द सिरिजले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाउनेछ ।

 नेपाल क्रिकेट संघका वरिष्ठ सल्लाहकार एवं पूर्वउपाध्यक्ष नरेश श्रेष्ठले दिवंगत छोरीको नाममा आयोजना गरिएको प्रतियोगितामा मुलुकका तीन विभागीय टोली त्रिभुवन आर्मी, नेपाल प्रहरी र एपीएफसहित एनबीएससी विराटनगर, राहुल ११, सुदुरपश्चिम क्रिकेट क्लब, भारतको नरपथगन्ज र दिल्ली युनाईटेडको सहभागि छ ।

 क्याप्सन्: म्यान अफ द म्याच हुने खेलाडीलाई पुरस्कार वितरण गरिदै ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →