← समाचारमा फर्कनुस्
Cricket Apr 06, 2023 · Nepalsports

नरपथगन्ज र एनबीएससी फाइनलमा भिड्दै

नरपथगन्ज र एनबीएससी फाइनलमा भिड्दै

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा भारत विहारको नरपथगन्ज क्रिकेट क्लब फाइनलमा पुगेको छ ।

आयोजक घरेलु टिम मिल्स क्रिकेट क्लब रानी विराटनगरलाई ७५ रनले स्तब्ध बनाउँदै पाहुना टोली नरपथगन्ज उपाधि नजिक पुगेको हो ।

 उपाधीको लागि नरपथगन्जले शनिबार हुने फाइनलमा एनबीएससी क्रिकेट क्लब विराटनगरसँग भिड्नेछ । एनबीएससीले बोस्टन झापा, मिल्स एकाडेमी र वाइआरसीसी क्रिकेट क्लब विराटनगरलाई हराउँदै  फाइनलमा पुगेको हो । नरपथगन्जले भारतको पूर्णिया, बैशाली र आयोजक मिल्स क्रिकेटलाई हराउँदै उपाधि नजिक पुगेको छ ।

 विराटनगर जुट मिलको खेल मैदानमा बिहीबार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा १९९ रनको विजय लक्ष्य पाएको घरेलु टिम विराटनगरले १५.५ बलमा १० विकेट गुमाउँदै १२४ रनमा सिमित भयो । जसमा विराटनगरका अरुण एडिले २९ रन बनाए । अनिल साहले १८ रन र  सुनिल धमालले १७ रन जोडे ।

नरपथगन्जका दिव्य सिंहले ४ ओभरमा ३ विकेट लिए । सक्षमत शर्मा र रवण कुमारले समान २–२  विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ पाएको नरपथगन्जले १९ ओभर २ बलमा १० विकेट गुमाइ १९८ रन बनाएको थियो । नरपथगन्जका अविसेक पाण्डे र विजय भारतीले अर्धशतकीय ईङनिङ खेले ।  अविसेकले २० बलमा ५९ रन बनाए भने विजय भारतीले ५५ रनको योगदान दिए ।

विराटनगरका अरुण एरीले ह्याट्रिक गर्दै ४ विकेट लिए । भुलावन सनीले ३ विकेट लिदा  मन्जिल श्रेष्ठले १ विकेट लिए ।

म्यान अफ द म्याच नरपथगन्जका रवण कुमार घोषित भए ।

प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ पाउँछन् । उपबिजेतालाई ५१ हजार रुपैयाँ रहेको मिल्स क्रिकेट क्लबका कोषाध्यक्ष अमर सिंहले जानकारी दिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →