TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 26, 2026 · Swadesh

नेपोलीमाथि युभेन्ट्सको शानदार जित

नेपोलीमाथि युभेन्ट्सको शानदार जित

इटालीको सिरी ए मा युभेन्ट्सले आइतबार नेपोलीमाथि ३–० को शानदार जित रचेको छ । यो नतिजाले डिफेन्डिङ च्याम्पियन नेपोलीको उपाधि होडमा गम्भीर धक्का लागेको छ । 


यो नतिजापछि युभेन्ट्स ४२ अंकमा पाँचौं स्थानमा छ भने नेपोली ४३ अंकमा चौथो स्थानमा रह्यो । युभेन्ट्सका लागि जोनाथन डेविड, केनान यिल्डिज र फिलिप कोस्टिचले गोल गरे । 


इन्टर मिलान ५२ अंकमा शीर्षमा छ । उसको पछाडि एसी मिलानको ४७ र रोमाको ४३ अंक छ । आइतबार नै मिलान र एएस रोमाले १–१ को रोमाञ्चक बराबरी खेलेका थिए । 


मिलानले कोनी डे विन्टरको गोलले अग्रता लिएपछि रोमाका लागि लोरेन्जो पेलेग्रिनीले बराबरी गोल फर्काए । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group B
1 Bosnia-Herzegovina 0 0
1 Canada 0 0
1 Qatar 0 0
1 Switzerland 0 0
सबै समूह →