← समाचारमा फर्कनुस्
Cricket Nov 29, 2023 · Nepalsports

नामिबिया तेस्रो पटक टी२० विश्वकपमा छनोट

नामिबिया तेस्रो पटक टी२० विश्वकपमा छनोट

नामिबिया लगातार तेस्रो पटक आईसीसी टी२० विश्वकपमा छनोट भएको छ।

घरेलु मैदानमा आयोजना भएको अफ्रिका छनोटमा लगातार पाँचौँ जित हासिल गर्दै नामिबिया १० अंकका साथ तेस्रोपटक विश्वकपमा छनोट भएको हो।

मंगलबार सम्पन्न खेलमा १५८ रनको लक्ष्य पछ्याएको तान्जेनियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९९ रन मात्र  बनायो। 

तान्जेनियाका अमल राजिवनले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए। उनले ४५ बलमा २ चौका प्रहार गरे।

त्यसअघि वान्डरेस क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नामिबियाले २० ओभरमा ६ विकेट गुमाउँदै १५७ रन बनाएका थिए।

नामिबियाका जेजे स्मिथले अविजित रहँदै सर्वाधि ४० रन बनाए। उनले २५ बलमा १ चौका र ४ छक्का प्रहार गरे। ओपनर माइकल भान लिंगेनले ३३ बलमा १ चौकासहित ३० रन बनाए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →