← समाचारमा फर्कनुस्
Cricket Jun 03, 2024 · Swadesh

नामिबियाले सुपर ओभरमा ओमानलाई हरायो

नामिबियाले सुपर ओभरमा ओमानलाई हरायो

काठमाडौं । नामिबियाले सुपर ओभरमा ओमानलाई पराजित गर्दै आइसिसी टी-२० विश्वकपमा  विजयी शुरूआत गरेको छ।

ओमनले दिएको १०९ रनको लक्ष्य पछ्याएको नामिबियाले ६ विकेट गुमाउँदै अन्तिम बलमा पूरा  गरेपछि खेल सुपर ओभरमा धकेलिएको थियो।

सुपर ओभरमा बिलाल खानले तीन चौका र एक छक्कासहित २१ रन खर्चिएका थिए। सुपर ओभरम नामिबियाका डेविड वीसले १३ रन बनाए। यस्तै, कप्तान ग्रेहार्ड इरास्मसले ८ रन जोडे।

२२ रनको लक्ष्य विजयी पछ्याएको ओमानले १० रन मात्रै बनाउन सक्यो। ओमानका जिशान मक्शूदले एक छक्कासहित सात रन बनाए।  नसीम खुसी दुई रन बनाएर वीसबाट बोल्ड भए भने अकिब इलियासले एक रन बनाए। 

नामिबियाका यान फ्रायलिंकले ४८ बलमा ६ चौकासहित सर्वाधिक ४५ रन बनाएका थिए। निकोलस डेविन २४ र इरास्मसले १३ रन बनाए। ओमानका मेहरान खानले सर्वाधिक तीन विकेट लिए।

तीन ओभर बलिङ गरेका उनले एक मेडनसिहत सात रन खर्चिए। बिलाल खान, अकिब इलियास र आयन खानले समान एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै  १०९ रन बनाएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →