टमाटा सुदूरपश्चिमको मुख्य प्रशिक्षक

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्सले जगत टमाटलाई टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ।
क्लबले टमाटालाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको जानकारी दियो। टमाटाले नेपाली राष्ट्रिय पुरुष टोली यु–१९ टोलीको प्रशिक्षण सम्हालिसकेका छन्।
टमाटाको प्रशिक्षणमा नेपाल सन् २०१८ मा एकदविसीय मान्यता प्राप्त गरेको थियो। यसैगरी यु–१९ टोलीले सन् २०१६ र गत जनवरीमा आइसिसी एकदिवसीय विश्वकप खेलेको थियो ।
एम्पायर स्पोर्टस प्रालिको स्वामित्वमा रहेको सुदूरपश्चिममा राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी मार्की खेलाडीका रूपमा छन्।
नेपाल क्रिकेट संघ -क्यान_ को आयोजनामा मंसिर १६ गतेदेखि पुस ६ गतेसम्म हुने एनपिएलमा ८ टोलीले सहभागिता जनाउने छन्।
प्रतियोगितामा सुदूरपश्चिमसहित काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, लुम्बिनी लायन्स, पोखरा एभेन्जर्स र कर्णाली याक्सले प्रतिस्पर्धा गर्नेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |