← समाचारमा फर्कनुस्
Cricket Jul 24, 2025 · Swadesh

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुन लागेको नेपालको सबैभन्दा ठूलो टी–१० टेनिस क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)मा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।

प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक खेलाडीहरूले आफ्नो नाम एनएसपीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत दर्ता गराउन सक्नेछन्।

दर्ता शुल्क ब्याटर र बलरका लागि रु.१ हजार तोकिएको छ भने अलराउन्डरका लागि रु.१ हजार २०० निर्धारण गरिएको छ। खेलाडी दर्ता गर्ने अन्तिम मिति आगामी भदौ ८ गतेसम्म रहेको छ।

एनसपीएलको ब्रान्ड एम्बासडर नेपाली चलचित्र क्षेत्रका चर्चित अभिनेता,निर्माता तथा निर्देशक निखिल उप्रेती रहेका छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →