← समाचारमा फर्कनुस्
गाईघाटलाई हराउँदै एनआरटी क्वाटरफाइनलमा

गाईघाट। घरेलु टोली गाईघाट एफसीलाई हराउँदै न्यूरोड टिम (एनआरटी) एन्फा महिला च्याम्पियनसिपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
उदयपुरको गाईघाटस्थित थरुहट रंगशालामा शुक्रबार सम्पन्न उद्घाटन खेलमा एनआरटी २-० ले विजयी भयो।
एनआरटीको जितमा प्रतीक्षा ठकुरी र सुशीला केसीले समान एक एक गोल गरिन्।
प्रतीक्षाले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै १-० को अग्रता दिलाइन्। त्यस्तै, ७९औं मिनेट सुशीला केसीले गोल गर्दै एनआरटीको जित पक्का गरिन्।
जितसँगै एनआरटीले विभागिय टोली त्रिभुवन आर्मीसँगको भेट पक्का गरेको छ। यो खेल फागुन चार गते हुनेछ।
यस्तो, दोस्रो दिनको पहिलो खेल शनिबार एफसी रियाले नेपाल पुलिस क्लब हुनेछ भने दोस्रो खेल चर्च ब्वाइज छहारी क्लब भिड्नेछन्। पहिलो खेल १२ तथा दोस्रो खेल ३ बजेबाट सुरु हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women