← समाचारमा फर्कनुस्
एनआरटीले चर्च ब्वाइजलाई हरायो

काठमाडौं । ललित स्मृति एन्फा यू-१८ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) विजयी हासिल गरेको छ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सम्पन्न खेलमा एनआरटीले चर्च ब्वाइज युनाइटेडलाई २–१ गोलले पराजित गरेको हो।
खेलको पहिलो हाफमै लिएको अग्रता जोगाउन नसक्दा चर्च ब्वाइजले पराजय ब्यहोर्यो।
खेलको ३६औँ मिनेटमा चर्च ब्वाइजका लागि अमनबहादुर तामाङले गोल गरेका थिए। पहिलो हाफमा १–० ले पछि परेको एनआरटीले दोस्रो हाफमा लगातार दुई गोल गर्दै नतिजा आफ्नो पक्षमा पारेको थियो।
एनआरटीका लागि दुबै गोल कप्तान विज्ञान खड्काले गरेका थिए। उनले ५५औँ र ८०औँ मिनेटमा पेनाल्टीमार्फत गरेका थिए। उनी प्लेयर अफ दी म्याच पनि घोषित भए।
प्रतियोगितामा कुल १२ वटा टोलीको सहभागिता रहेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |