एनपीएलको टिकट खल्तीमा

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट खल्तीमा किन्न पाइने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) र खल्तीबीच एनपीएलका टिकटिङ पार्टनसिपको लागि बुधबार सम्झौता भएको हो। क्यानकाेतर्फबाट सचिव पारस खड्काले सम्झौता पत्रमा हस्तक्षर गरे।
एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक रहेको छ। एनपीएल आगमी मसिंर १५ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजना हुँदैछ।
पहिला संस्करणको एनपीएलमा कूल ८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्स भिड्नेछन्।
यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा सुरु हुनेछ। लिगको दोस्रो दिन कुनै खेल हुने छैन। कीर्तिपुरसहित देशका विभिन्न स्थानमा हुने उपनिर्वाचनका कारण मंसिर १६ गते कुनै खेल राखिएको छैन।
सिंगल राउण्ड रोविनका आधारमा हुने एनपीएलमा लिग चरणमा कूल २८ खेल हुनेछ। लिग चरणपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |