← समाचारमा फर्कनुस्
Cricket Nov 15, 2025 · Swadesh

एनपीएल २०२५ को तयारी पूरा

एनपीएल २०२५ को तयारी पूरा

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को तयारी पूरा भएको शनिबार जनाएको छ । प्रतियोगिता सोमबारदेखि कीर्तिपुरको टीयू मैदानमा सुरु हुँदैछ । पहिलो दिनको खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजको सामना गर्नेछ ।


शनिबार पत्रकार सम्मेलन गर्दै कुल २४ दिन सञ्चालन हुने प्रतियोगिताका लागि आवश्वयक सबै तयारी पूरा भएको र सक्दो राम्रो माहोल सिर्जना गर्ने प्रयास हुने क्यानले जनाएको हो । त्यस अवसरमा सचिव पारस खड्काले नेपालमा पहिलो पटक डे नाइट क्रिकेट हुन लागेको र यो ऐतिहासिक रहेको बताए ।


उनले त्यसका लागि क्यानले लामो समयदेखि तयारी गरिरहेको पनि दाबी गरे । ‘एनपीएल एउटा प्रतियोगिता मात्र नभएर उद्योगको रूप लिने क्रममा रहेको छ,’ खड्काले भने । प्रतियोगितको विजेताले यसपल्ट पनि एक करोड १० लाख रुपैंया प्राप्त गर्नेछ ।


क्यानले यसपल्टको प्रतियोगिताकै क्रममा ३० करोड रुपैंया देखि माथि नै आन्दानी हुने पनि विश्वास राखेको छ । त्यसमधये टिम मालिकबाट नौ करोड, ओटीटी प्रशारण अधिकारबाट पाँच करोड र टिकट विक्रीबाट आठदेखि १२ करोड रुपैंया भित्रिने मानिएको छ ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →