← समाचारमा फर्कनुस्
Cricket Jul 13, 2025 · Swadesh

एनपिएल ‍: अक्सनका लागि खेलाडी दर्ता खुला

एनपिएल ‍: अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को मिनी अक्सनका लागि खेलाडी दर्ता प्रक्रिया खुला भएको छ।

आयोजक नेपाल क्रिकेट संघ (क्यान) ले शनिवार एक विज्ञप्ति जारी गर्दै रजिस्ट्रेसन खुला भएको जानकारी गराएको हो। 

क्यानका अनुसार एनपिएलमा सहभागी ८ टोलीबाट रिलिज भएका र नयाँ खेलाडीहरुले रजिस्ट्रेसन गर्न पाउने छन्।

जसमा खेलाडीहरुले ए, बी र सी मध्ये जुनसकै श्रेणीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्। दर्ताका लागि १ हजार रुपैयाँ शुल्क लाग्नेछ भने खेलाडीले साउन ६ गतेसम्म दर्ता गर्न सक्ने छन्।

एनपिएलको मिनी अक्सन अगस्ट महिनामा आयोजना हुने तयारी छ। 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →