← समाचारमा फर्कनुस्
एनपिएल : फाइनल प्रवेशको लागि कर्णाली र जनकपुर भिड्दै

काठमाडौं । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार दोस्रो क्वालिफायर हुँदैछ। यो भिडन्तमा इलिमिनेटरको विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा पराजित जनकपुर बोल्ट्स भिड्दै छन्।
दोस्रो क्वालिफायरको भेट एलिमिलेटरका विजेता कर्णाली याक्स र पहिलो क्वालिफायरमा हारेको टोली जनकपुरका लागि फाइनल पुगेर उपाधि होडमा रहने अन्तिम मौका हो। यो खेल बिहीबार दिउँसो १२३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।
पहिलो क्वालिफायरमा विजेता टोली सुदूरपश्चिम फाइनलका पुगिसकेको छ। दोस्रो क्वालिफायर विजेता टोलीसँग सुदूरपश्चिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्न लागेका कर्णाली र जनकपुरको यो दोस्रो भेट हो। लिग चरणको खेलमा जनकपुरले कर्णालीलाई ८ विकेटले हराएको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |