← समाचारमा फर्कनुस्
Cricket Jan 16, 2025 · Swadesh

आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि

आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ।

वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार पुलिसले आर्मीलाई २८ रनले पराजित गरेको हो।

पुलिसले दिएको १०३ रनको लक्ष्य पछ्याएको आर्मी ७४ रनमा समेटियो।

आर्मीका लागि इम्रान शेखले २८, कप्तान विनोद भण्डारी र सोमपाल कामीले समान ११ रन बनाए।

यता बलिङतर्फ पुलिसका सागर ढकालले ६ र ललितनाराण राजवंशीले चार विकेट लिए।

पुलिस दोस्रो इनिङमा १३९ बनाएपछि आर्मीले १०३ रनको लक्ष्य प्राप्त गरेको थियो।

१३२-९ को स्थितीमा तेस्रो दिनको सुरुआत गरेको पुलिसले सात रन थाप्दा बाँकी एक विकेट गुमायो। पुलिसका लागि कुशल भुर्लेल ४५, दिलिप नाथ ३४, राशिद खान १८ र अमीत श्रेष्ठले १३ रन जोडे।

आर्मीका लागि शाहब आलम र बसिर अहमदले समान पाँच विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १३३-९ को स्थितीमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →