← समाचारमा फर्कनुस्
मुग लि:ल ल्होसार खुला फुटबल प्रतियोगिता पुसको अन्तिम साताबाट

प्रथम प्रविण घले स्मृति कप तथा मुग लि:ल ल्होसार खुला ७ ए साइड फुटबल प्रतियोगिता पुसको अन्तिम साताबाट शुरू हुने भएको छ। आयोजक लिल फुङ घले समाज सिन्धुपाल्चोक जिल्ला कार्यसमितिका अनुसार प्रतियोगिता पुस २४ गतेदेखि आयोजना हुने भएको हो। प्रतियोगिता माघ १ गतेसम्म आयोजना हुनेछ।
प्रतियोगिताको विजेताले नगद १ लाख ५१ हजार १५१ र उपविजेता ७५ हजार ५५५ ट्रफी मेडल पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको वेस्ट गोलकिपर, वेस्ट डिफेन्स, वेस्ट मिडफिल्डर, वेस्ट प्लेयर र सर्वाधिक गोलकर्ताले नगदसहित ट्रफी पाउने छन्।
प्रतियोगितामा सहभागी जनाउने टोलीले पुस २१ गतेसम्ममा आफ्नो टिम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ। टोली दर्ता शुल्क ७ हजार ५ सय रुपैयाँ तोकिएको छ। प्रतियोगिताका सबै खेल सिन्धुपाल्चोक चौतारास्थित टुँडिखेल मैदानमा हुनेछ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |