मालिकादेवी नकआउट सेभेन 'ए' साइड नगर कप फुटबल आजदेखी

तेस्रो संस्करणको मालिकादेवी नकआउट सेभेन 'ए' साइड नगर कप फुटबल प्रतियोगिता आज (शनिबार) देखि सुरू हुँदैछ।
आजबाट सुरू हुने प्रतियोगिता आगामी कार्तिक ३ गतेसम्म चल्नेछ। प्रतियोगिाको उद्घाटन खेलमा आयोजक मेलचौर युवा जागरण समाज 'बी' र सहिद स्मृती युवा क्लब 'बी' खेल्नेछन्।
यो खेल ११ बजे सुरू हुनेछ।
यस्तै आजै अन्य ३ खेल पनि हुने आयोजकले जनाएको छ। यस प्रतियोगितामा आयोजक २ टिमसहित कुल २७ टोलीको सहभागि रहेका छन्।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले १ लाख ११ हजार १११ ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेता टोलीले ६६ हजार ६६६ ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्ट्राइकर, गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र प्रत्येक खेलको म्यान अफ दी म्याचलाई ट्रफीसहित नगद पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ। साथै टिम फ्यर प्लेयलाई अवार्ड पनि रहेको छ।
पहिलो संस्करणको विजेता सुनौलो विहानी अभियानले जितेको थियो। त्यस संस्करणको पुरस्कार राशी ५० हजार रहेको थियो भने दोस्रो संस्करणको उपाधि ८० हजार अधेरी युथ क्लब बलेफीले जितेको थियो।
यस्तै, तेस्रो संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशीमा ३१ हजार बढाएको आयोजकले जनाएको छ।
प्रतियोगिताका सबै खेलहरू चौतारा साँगाचोकगढी नगरपालिका-७ मेलचौर दरबारडाँडा खेल मैदानमा हुनेछ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |