इजिप्टलाई हराउँदै मोरक्कोले जित्यो कांस्य पदक

काठमाडौं । मोरक्कोले पेरिस ओलम्पिक २०२४ अन्तर्गत पुरुष फुटबलमा तेस्रो स्थान हासिल गरेके छ।
बिहीबार राति तेस्रो स्थान अर्थात् कांस्य पदकका लागि भएको खेलमा मोरक्कोले इजिप्टलाई ६–० ले पराजित गरेको हो।
मोरक्कोको जितमा सुफियान रहिमीले दुई गोल गर्दा अब्दे इज्जलजौली, बिलाल खनौस, अक्रम नकच र अचराफ हाकिमीले समान एक एक गोल गरे
खेलको २३औं मिनेटमै अब्दे इज्जलजौलीले गोल गर्दै मोरक्कोलाई सुरुआती अग्रता दिलाए। २६औं मिनेटमा रहिमीले अग्रता दोब्बर बनाए।
पहिलो हाफमै २–० को अग्रता बनाएको मेरक्कोले दोस्रो हाफमा थप चार गोल गर्न सफल भयो।
५१औं मिनेटमा बिलाल खनौसले अग्रता ३–० मा पुर्याए। त्यसको १३ मिनेटपछि रहिमीले व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गरे।
७३औं मिनेटमा अक्रम नकचले गोल गरे। ८७औं मिनेटमा अचराफ हाकिमीले गोल गर्दै ६–० को जित दिलाए।
ओलम्पिकमा मोरक्कोले जितेको यो पहिलो पदक हो। मोरक्को यसअघि सेमिफाइनलमा स्पेनसँग पराजित भएको थियो भने इजिप्ट फ्रान्ससँग पराजित भएका थिए।
यस्तै यस प्रतियोगितामा स्वर्णको लागि शुक्रबार राति घरेलु टोली फ्रान्स र स्पेन भिड्नेछन्।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |