मिसन ट्वान्टी ट्वान्टी वर्ल्डकप छनोट

आजदेखि ओमानमा सुरु हुँदैछ, २०२५ मेन्स ट्वान्टी ट्वान्टी वर्ल्डकप एसियया–प्यासिफिक रिजिनल फाइनल । यसमा सहभागीमध्ये सम्भवतः सबैभन्दा बलियो टिम नेपालको एउटै लक्ष्य हुनेछ, तेस्रो पल्ट छनोट हुने । नेपालले यसअघि सन् २०१४ र २०२४ मा ट्वान्टी ट्वान्टी विश्वकप खेलेको थियो ।
पहिलो पल्ट विश्वकप खेलेर दोस्रो पल्ट खेल्न दस वर्ष लाग्यो । अब भने सबैको एउटै आश हो, ‘ब्याक टु ब्याक’ विश्वकप छनोटको । प्रतियोगितामा सहभागी देश, खेल्ने ढाँचा हेर्दा फेरि यो असम्भव जस्तो पनि छैनन् । तर सबैलाई के पनि थाहा छ भने क्रिकेट सबैभन्दा अनिश्चिताको खेल हो ।
नेपाल प्रतियोगिताको समूह ‘बी’ मा छ । यो समूहका अरू टिम हुन्, कुवेत र जापान । नेपालले आजको आफ्नो पहिलो खेलमा कुवेतको सामना गर्नेछ । नेपालको जापानविरुद्धको खेल भने शुक्रबार छ । यो समूहको शीर्ष स्थानमा रहने टिमले ‘सुपर सिक्स’ को यात्रा तय गर्नेछ ।
अब यति भनेपछि लाग्दैन् र, नेपाल सुपर सिक्स पुग्नेछ भनेर । अब अरू समूहतिर लागौं । प्रतियोगितामा कुल नौ टिम छन् । त्यसमध्ये समूह ‘ए’ मा मलेसिया, कतार र यूएई छन् । त्यसपछि समूह ‘सी’ मा आयोजक ओमान, पपुवा न्युगिनी र समाओ । प्रत्येक समूहको शीर्ष दुई टिमले ‘सुपर सिक्स’ मा प्रवेश गर्ने हो ।
त्यो चरणमा एक टिमले अर्कोसँग एक एकपल्ट खेल्नेछ । त्यसको अन्त्यमा जुन जुन टिम शीर्ष तीनमा रहनेछ, त्यसैले २०२६ मेन्स ट्वान्टी ट्वान्टी वर्ल्डकप खेल्नेछ । प्रतियोगिताको समीकरण भनेको यही हो । नेपालले यसपल्ट पनि छनोट यात्रा तय गर्न सकेन् भने कहिले गर्छ त ?
मज्जाको कुरा के पनि छ भने नेपालले यसको छाँटकाँट पनि देखाइसकेको छ । नेपालले अहिलेसम्म दुई अभ्यास खेल खेलेको छ, त्यसमध्ये ओमान र कतार दुवैविरुद्ध सजिलो जित निस्केको थियो । त्यसमाथि नेपालले भर्खरै टेस्ट प्रतिद्वन्द्वी वेस्ट इन्डिजमाथि तीन खेलको सिरिज जितेको छ ।
प्रतियोगितालाई लिएर कप्तान रोहित पौडेल के भन्छन् त ? उनको मिडियासँगको कुराकानीमा भनेका छन्, ‘समग्रमा हाम्रो तयारी राम्रो भएको छ । सबै लयमै छन् । विगतमा के भयो, त्यो इतिहास भयो । अब हामीले विश्वकप छनोटका लागि फेरि नयाँ सुरुआत गर्नु पर्छ ।’
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |