← समाचारमा फर्कनुस्
Cricket Apr 01, 2023 · Nepalsports

मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

विराटनगर । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली  मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ । 

विराटनगरको जुट मिलको खेलमैदानमा शनिबार भएको पहिलो खेलमा पाहुना टोली भारतको समसेर क्लब कानपुरलाई ५ विकेटले निरास बनाउँदै एमबीएससी क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको हो । 

पाहुना टोली कानपुरले दिएको ९८ रनको विजय लक्ष्य घरेलु टिम विराटनगरले १० ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । घरेलु टोलीका लागि विराटनगरका अनुभव श्रीवास्तवले २५ बनाए । विधान गोस्मीले २२ रन र  विपिन श्रवणले १९ रनको योगदान दिए ।
कानपुरका निकासन कसेबले ३ विकेट, हिमान्सु पाठक र मन्दिप यादवले समान १ –१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कानपुरले १७ ओभर ३ बलमा १० विकेट गुमाई ९७ रनमा अलआउट भयो । कानुपुरका हिमान्सु पाठकले ३३ रन, दिपम कुमारले ११ रन र  मन्दिप यादवले १२ रन बनाए । 
विराटनगरका प्रशान्त कुमारले ३ विकेट लिए भने रन्जित कुमार र   अनिमेषले समान २–२ विकेट लिए । म्यान अफ द म्याच विराटनगरका अनुभव श्रीवास्तव घोषित भए । 

सोही दिन भएको दोस्रो खेलमा कटहरी त्रिकेट क्लबलाई ५८ रनले स्तब्ध बनाउँदै मिल्स एकेडेमी विराटनगर क्वाटरफाइनलमा पुगेको छ । शनिबार दिउँसो वर्षा परेपछि दुवै टिमको सहमतिमा ५ ओभरमा खेल भएको थियो । 

टस जितेर ब्याटिङ रोजेको मिल्स एकेडेमीले ५ ओभरमा ४ विकेट गुमाइ १ सय रनको योगफल खडा गरेको थियो । मिल्सका अभिनन्दन कुमारले ३६ रन बनाए । मोहित चन्दनले १९ रनको योगदान दिए ।
 
कटहरीका अमलन यादवले ३ विकेट लिए  ।  पंकज कुमारले १ विकेट लिए ।

१ सय १ रनको विजय लक्ष्य पछ्याएको कटहरीले ५ ओभरमा ५ विकेट गुमाइ ४३ रनमा सिमित भयो । कटहरीका सम्राट राईले २४ रन, पंकज कुमारले १६ रन बनाए ।
मिल्सका तानिस कुमारले २ विकटे र  विकास लोनियाले १ विकेट लिए ।
म्यान अफ द म्याच मिल्सका अभिनन्द कुमार घोषित भए । 
आइतबारको पहिलो खेल होराइजन क्रिकेट क्लब र  वाइआरसिस क्रिकेट क्लब विराटनगरबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल मिल्स क्रिकेट एकेडेमी र एनबीएससी विराटनगर बिच हुनेछ । 

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →