← समाचारमा फर्कनुस्
युनाइटेडसँग रोकियो मेस्सी आवद्ध मियामी

काठमाडौं । मेजर लिग सकर (एमएलएस) मा लियोनल मेस्सी आबद्ध क्लब इन्टर मियामी बराबरीमा रोकिएको छ।
बिहिवार बिहान सम्पन्न खेलमा मियामी एटलान्टा युनाइटेडसँग २–२ गोलको बराबरीमा रोकिएको हो।
पाहुना टोली मियामीले खेलमा सुरुआती अग्रता बनाएको थियो। खेलको २९औँ मिनेटमा डेभिड रुइजले गोल गर्दै मियामीका लागि सुरुआती अग्रता दिलाएका थिए।
५६औँ मिनेटमा घरेलु टोलीका लागि साबा लोझ्निडेजले गोल गर्दै खेल १–१ बराबरी अवस्थामा ल्याए। ५९औँ मिनेटमा लियोनार्दो काम्पानाले गोल गर्दै पुन मिलानलाई २–१ को अग्रता दिलाए।
८४औँ मिनेटमा एलेक्सरी मिरानचुकले गोल गरेपछि खेल २–२ को अवस्थामा आयो। त्यसपछि बाँकी समय थप गोल नहुँदा दुबै टोलीले एक एक अंक बाँडे।
यस खेलमा कप्तान लियोनल मेस्सी ६१औँ मिनेटमा मैदान प्रवेश गरेका थिए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |