← समाचारमा फर्कनुस्
Football Jul 19, 2024 · Swadesh

यु-१८ युथ लिग : मच्छिन्द्र र जावलाखेलले अंक बाँडे

यु-१८ युथ लिग : मच्छिन्द्र र जावलाखेलले अंक बाँडे

काठमाडौं । ललित स्मृति एन्फा यु-१८ युथ लिगमा मच्छिन्द्र फुटबल क्लब र जावालखेल युथ क्लबले बराबरी खेलेका छन्

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्र र जावलाखेलले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्।

मच्छिन्द्रका लागि अनिश थिङ र कविर तामाङले तथा जावलाखेलका लागि विवस दर्लामी र अनिश चौधरीले गोल गरे।

बराबरीसँगै मच्छिन्द्रले दुई खेलमा चार अंक जोडेको छ। जावलाखेलको समान खेलबाट दुई अंक छ।

पहिलो खेलमा मचिछन्द्रले त्रिभुवन आर्मी फुटबल क्लबलाई १-० ले पराजित गर्दा जावलाखेलले नेपाल एपिएफ क्लबलाई १-१ को बराबरीमा रोकेको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →