मेक्सिकोसँगै दक्षिण अफ्रिका नकआउट चरणमा

दक्षिण अफ्रिकाले विश्वकप इतिहासमै बिहीबार नयाँ इतिहास रचेको छ र पहिलो पटक नकआउट चरणको यात्रा निश्चित गरेको छ । दक्षिण अफ्रिकाले यसका लागि स्टाडियो मोन्टेरीमा भएको समूह ‘ए’ को खेलमा दक्षिण कोरियालाई १–० ले हराउन सफल भएको हो ।
यही समूहबाट यसअघि नै मेक्सिको नकआउट चरण पुगिसकेको थियो । मेक्सिकोले अर्को खेलमा चेक गणतन्क्रलाई ३–० ले हरायो र अधित्तम नौ अंक बटुल्यो । दक्षिण अफ्रिका भने चार अंकमा दोस्रो स्थानमा रह्यो ।
उसका जितमा निर्णायक गोल थपेलो मासेकोले ६३ औं मिनेटमा गरे । मेक्सिकोको जितमा माटेओ चाभेजले ५५ औं मिनेटमा गोलको खाता खोले । जुलियन क्विनोनेसले ६१ औं मिनेटमा दोस्रो गोल थपे । इन्ज्युरी समयको चौथो मिनेटमा अल्भारो फिडाल्गोले तेस्रो गोल आफ्नो नाममा लेखाए।
हारले चेक गणतन्त्रको प्रतियोगितामा चुनौती समाप्त भएको छ । चेक टिम एक अंकमै सीमित रह्यो । दक्षिण कोरिया भने तीन अंकमा तेस्रो स्थानमा छ र उसको पनि अर्को चरण पुग्ने सम्भावना कमजोर मात्र भएको छैन्, यो अरू टिमको प्रदर्शनमा पनि भर पर्नेछ ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women