← समाचारमा फर्कनुस्
दक्षिण कोरियालाई हराएर मेक्सिको नकआउट चरणमा

मेक्सिकोले शुक्रबार विश्वकप २०२६ को नकआउट चरण याक्रा निश्चित गर्ने त्रममा दक्षिण कोरियालाई १–० ले पराजित गरेको छ । यससँगै सह–आयोजक रहेको टिम नकआउट चरण पुग्ने पहिलो टिम पनि भएको छ ।
यो जितले मेक्सिको समूह ‘ए’ को शीर्ष दुईमा रहने निश्चित भएको हो । लगातार दोस्रो जितपछि मेक्सिकोको दुई खेलबाट छ अंक भएको छ । पराजित दक्षिण कोरिया भने तीन अंकमा सीमित रह्यो र दोस्रो स्थानमा कायम रह्यो । चेक गणतन्त्र र दक्षिण अफ्रिका भने एक एक अंकमा पुछारका दुई स्थानमा छन् ।
यसअघिको खेलमा चेक गणतन्त्र र दक्षिण अफ्रिकाले बराबरी खेलेका थिए । स्टाडियो ग्वाडालाजारामा भएको खेलमा मेक्सिकोको लागि लुइस रोमोले ५० औं मिनेटमा निर्णायक गोल गरे । दक्षिण कोरियाली किम सेङ–ग्युले फुत्काएको बललाई रोमो सजिलै गोल गरेका हुन् ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women