LIVE
All Scores →
← समाचारमा फर्कनुस्
Football Jun 17, 2026 · Swadesh

मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विजयी

मेसीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिना विजयी

कप्तान लियोनल मेसीको उत्कृष्ट ह्याट्रिकको मदतले डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले विश्वकप २०२६ मा बुधबार अल्जेरियालाई ३–० ले हराएको छ । मेसीले १७, ६० तथा ७६ औं मिनेटमा गोल गरे र अर्जेन्टिना समूह आई को खेलमा तीन अंक बटुल्न सफल रह्यो ।

मेसीले विश्वकपमा गरेको गोल संख्या पनि १६ पुगेको छ र उनले जर्मनीका मिरास्लोभ क्लोजको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान समेत बराबरी गरेका छन् । यसै खेलबाट मेसीले अर्जेन्टिनाका लागि दुई सयौं क्याप जिते । यस्तै उनी छैटौं विश्वकप खेल्ने पहिलो खेलाडी पनि बने ।

अल्जेरियाको पेनाल्टी एरिया बाहिरबाट मेसीले गरेको शक्तिशाली प्रहारमा पहिलो गोल सम्भव भएको थियो । दोस्रो हाफमा एलेक्स म्याक एलिस्टरले गरेको सुरुआती प्रहार अल्जेरियाका गोलरक्षक लुका जिदानले रोके । तर त्यसमै फर्केको बलमा मेसीले दोस्रो गोल गरे ।

अल्जेरियाको पेनाल्टी एरियाको ठीक बाहिरबाट गरेको मेसीको प्रहारमा तेस्रो गोल भएको थियो । यो जितले अर्जेन्टिनाको नकआउट चरण प्रवेशको सम्भावना पनि बलियो भएको छ ।


AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA World Cup — Group J
1 Argentina 1 3
2 Jordan 1 1
2 Austria 1 1
4 Algeria 1 0
सबै समूह →