← समाचारमा फर्कनुस्
मेस्सी विना इन्टर मियामी विजयी

काठमाडौँ । कप्तान लियोनेल मेस्सी विना नै अमेरिकी मेजर लिग सकरमा इन्टर मियामीले विजयी हासिल गरेको छ।
विहिबार बिहान सम्पन्न खेलमा इन्टर मियामीले टोरोन्टोलाई ३-१ गोल अन्तरले पराजित गरेको हो।
इन्टर मियामीको जितमा फेडेरिको रेडोन्डोले दुई गोल गरेका थिए भने डिएगो गोमेजले एक गोल गरेका थिए। यता, डेरीक एटीएने जुनियरले टोरोन्टोका लागि सान्त्वना गोल गरेका गरे।
जितसँगै इन्टर मियामीको इस्टर्न कन्फेरेन्समा २४ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ। त्यस्तै टोरोन्टो भने २५ खेलमा २७ अंकसहित आठौ स्थानमा छ।
यस खेलमा हालै कोपा अमेरिका जितेका कप्तान लियोनेल मेस्सी खेलेका थिएनन्। मेस्सी कोपा फाइनलमा घाइते भएपछि इन्टर मियामीका केहि खेल गुमाउने भएका छन्।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |