← समाचारमा फर्कनुस्
Football Jul 11, 2024 · Swadesh

एमबाप्पेलाई मंगलबार बर्नाबेउमा रियल मड्रिडले सार्वजनिक गर्ने

एमबाप्पेलाई मंगलबार बर्नाबेउमा रियल मड्रिडले सार्वजनिक गर्ने

काठमाडौं । स्पेनिस महारथी रियल मड्रिडले फ्रेन्च स्टार स्ट्राइकर किलियन एमबाप्पेलाई आगामी मंगलबार सान्टियागो–बर्नाबेउमा आफ्ना समर्थकमाझ सार्वजनिक गर्ने भएको छ।

फ्रान्सको टोली युरो कपको सेमिफाइनलमा स्पेनसँग पराजित भएको २४ घण्टा नबित्दै रियलले एमबाप्पेलाई सार्वजनिक गर्ने बताएको हो।

उनले रियलमा ९ नम्बरको जर्सी लगाउने छन्। एमबाप्पेलाई मंगलबार बर्नाबेउमा प्रस्तुत गरिनेछ। त्यसपछि रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले उनको पाँच वर्षे सम्झौतामा हस्ताक्षर गर्ने क्लबले बुधबार घोषणा गरेको छ।

युरो कपमा फ्रान्सका कप्तानले अस्ट्रियाविरुद्धको पहिलो खेलमा नाक भाँचेका थिए र मंगलबार स्पेनसँग २–१ ले पराजित हुँदा बराबरी गर्ने अन्तिम मौका गुमाएका थिए ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →