८० हजार समर्थकमाझ एमबाप्पे बर्नाबेउमा सार्वजनिक

काठमाडौं । स्पेनिस क्बल रियाल मड्रिडले फ्रेन्च फरवार्ड केलियन एमबाप्पेलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ।
रियलको घरेलु मैदान सान्टियागो–बर्नाबेउमा मंगलबार २५ वर्षीय फरवार्डलाई स्वागत गर्न रंगशालामा ८० हजारभन्दा बढी समर्थकहरु उपस्थित थिए।
एम्बापेले रियलमा नौ नम्बरको जर्सी लगाउने भएका छन्। रियलमा यसअघि नै नम्बर क्रिस्टियानो रोनाल्डो, रोनाल्डो नाजारियो र करिम बेन्जेमाले प्रयोग गरेका थिए।
सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) छाडेका एमबाप्पे फ्रि–ट्रान्सफरमार्फत रियाल भित्रिएका हुन्।
एमबाप्पे र रियालबीच पाँच वर्षको सम्झौता भएको छ। जसमा रियालले एमबाप्पलाई पारिश्रमिकबापत प्रति सिजन १ करोड ५० लाख युरो दिनेछ।
एम्बाप्पेले जर्मनी सम्पन्न युरो २०२४ मा फ्रान्सको नेतृत्व गरेका थिए। फ्रान्स सेमिफाइनमा स्पेनसँग २–१ गोलले पराजित हुँदै बाहिरिएको थियो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |