← समाचारमा फर्कनुस्
Football Sep 26, 2026 · Swadesh

एमबापे घाइते हुँदा जिदानको डेब्यु ओझेलमा

एमबापे घाइते हुँदा जिदानको डेब्यु ओझेलमा

फ्रान्सले शुक्रबार जिनेदिन जिदानको नेतृत्वमा पहिलो खेल खेलेको छ र जित पनि निकालेको छ । तर त्यो सुखद भने रहेन् । फ्रान्सले टर्कीलाई १–० ले पराजित गरेको त्यस खेलमा कप्तान किलियन एमबापे घाइते भए । उनकै गोलमा फ्रान्सले अग्रता लिएको थियो ।

यूईएफए नेसन्स लिगको खेलमा जिदानले पहिलो पटक टिम सम्हालेका हुन् । डिडिएर डेसक्याम्पले विश्वकप २०२६ पछि टिम छाडेयता जिदानलाई टिमको जिम्मेवारी दिइएको हो । अन्य खेलमा बेल्जियमले इटालीलाई २–० ले हरायो । त्यस खेलमा इटालीका लागि प्रशिक्षक रोबर्टो मानचिनीले पुर्नआगमन गरे ।

तर त्यो पनि सुखद रहन सकेन् । बेल्जियमको जितलाई जित दिलाउन भने माइक गोडट्स र डोडी लुकेबाकिओले गोल गरे । अन्य खेलमा युक्रेनले हंगेरीलाई १–० र स्विडेनले रोमानियालाई २–१ ले पराजित गर्‍यो । यस्तै पोलान्ड र बोस्निया एन्ड हर्जगोभिनाले गोलरहित बराबरी खेले ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →