← समाचारमा फर्कनुस्
Football Sep 15, 2024 · Swadesh

एम्बाप्पे र भिनिसियसको गोलमा रियाल विजयी

एम्बाप्पे र भिनिसियसको गोलमा रियाल विजयी

काठमाडौं । केलियन एम्बाप्पे र भिनिसियस जुनियरको पेनाल्टी गोलमा साविक विजेता रियाल मड्रिडले विजयी हासिल गरेको छ।

ला लिगामा गएराति भएको खेलमा मड्रिडले रियाल सोसिडाडलाई २–० ले पराजित गरेको हो।

सोसिडाडको घरेलु मैदानमा मड्रिडले दुबै गोल दोस्रो हाफमा गरेको थियो। 

जारी सिजन तेस्रो जितका साथ मड्रिड पाँच खेलबाट ११ अंक जोडेर दोस्रो स्थानमा छ। ४ खेलमा चारै खेल जितेको बार्सिलोना १२ अंकसहित शीर्षस्थानमा छ। पराजित सोसिडाड पाँच खेलबाट ४ अंकसहित १६औं स्थानमा छ।

खेलको ५८औं मिनेटमा मड्रिडका लागि भिनिसियसले पेनाल्टीमा गोल गरे। ७५औं मिनेटमा अर्को पेनाल्टीलाई एम्बाप्पेले सदुपयोग गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →