← समाचारमा फर्कनुस्
Football Jun 26, 2024 · Swadesh

मार्टिनेजको निर्णायक गोलमा अर्जेन्टिना नकआउट चरणमा

मार्टिनेजको निर्णायक गोलमा अर्जेन्टिना नकआउट चरणमा

काठमाण्डौं । लाउटारो मार्टिनेजको निर्णायक गोलसँगै अर्जेन्टिना कोपा अमेरिका २०२४ को नकआउट चरणमा पुगेको छ।

मेटलाइफ स्टेडियम, न्यू जर्सीमा बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले चिलीलाई १-० गोलअन्तरले पराजित गरेको हो।

अर्जेन्टिनाका मार्टिनेजले खेलको ८८औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

जितसँगै अर्जेन्टिनाले दुई खेलबाट ६ अंक जोडेको छ। पहिलो खेलमा अर्जेन्टिनाले क्यानडालाई २-० गोलअन्तरले पराजित गरेको थियो।

चिली भने पहिलो खेलमा पेरुसँग गोलरहित बराबरीमा रोकिएको थियो।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →