लाउटारो मार्टिनेजको दुई गोलमा अर्जेनटिनाको जित

काठमाण्डौं। जारी कोपा अमेरिकामा समूह ए अन्तर्गत अर्जेनटिनाले पेरूलाई पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ। हार्डरक स्टेडियम, मियामीमा आइतबार बिहान मेस्सी बिना सम्पन्न खेलमा पेरूलाई २-० गोलले पराजित गरेको हो।
अर्जेनटिनाका लागि दुबै गोल लाउटारो मार्टिनेजले गरेको थियो। पहिलो हाफ गोर रहित बराबरीमा टुंगिएको थियो। दोस्रो हाफको दुई मिनेटमा नै डिमारियाको थ्रुबल पासमा लाउटारो मार्टिनेजले गोल गरेको थियो। खेलको ७३औं मिनेटमा अर्जेनटिनाले पेनाल्टी पाएको थियो तर उक्त पेनाल्टी क्रसबारमा लागेर गोल हुन सकेनन्।
त्यस्तै खेलको ८६ औं मिनेटमा पेरूका डिफेण्डरले बल राम्रो संग क्लियर गर्न नसक्दा लाउटारो मार्टिनेजले बल खोसेर जाली चुमाए र खेल २-० को नतिजामा पुऱ्याए।
यसै समूह ए को अर्को खेल क्यानाडा र चिली बिच गोर रहित बराबरीमा सकिएको थियो।
यस जितसंगै अर्जेटिना ३ खेलमा ३ जित पछि ९ अंक सहित समूह विजेता र क्यानाडा ३ खेलमा १ जित १ हार १ बराबरी गर्दै ४ अंक सहित उप विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। चिली ३ खेलमा २ बराबरी १ हार पछि २ अंक सहित तेस्रो र पेरू २ हार १ बराबरी पछि १ अंक सहित पुछारमा रहेको छ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |