मार्क वाटले कर्णाली याक्सबाट खेल्ने

काठमाडौं । कर्णाली याक्स स्पोट्स प्रा.लीले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाटलाई अनुबन्ध गरेको छ ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले मंसिरमा हुने दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि स्कटल्यान्डका स्पिन बलिङ अलराउन्डरलाई अनुबन्ध गरेको जानकारी गराए ।
‘पहिलो विदेशी खेलाडीको रुपमा हामीले अनुभवी स्पिनर वाटलाई भित्राएका छौं,’ निर्देशक घिमिरेले भने, ‘उनको आगमनले टिम अझै मजबुद हुने विश्वास लिएका छौं ।’
निर्देशक घिमिरेले अन्य विदेशी खेलाडी चाडै सार्वजनिक गरिने पनि बताएका छन् ।
२९ वर्षीय वाटले स्कटल्यान्डको लागि टी–२० आईमा ७७ खेल खेल्दा ८९ विकेट लिएका छन् । त्यस्तै, २९४ रन जोडेका छन् । यता, एकदिवसीयमा ८२ खेल खेल्दा एक सय १० विकेट लिएका छन् ।
दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा गर्दैछ ।
२०८१ मंसिर १५ गतेदेखि पुस ६ गते सम्म भएको पहिलो संस्करणमा कर्णाली याक्सले दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
यस्तै, कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । विपिन पहिलो संस्करणको ट्यालेन्ट हन्टबाट नेपाली क्रिकेटमा उदायका स्टार हुन् ।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |