← समाचारमा फर्कनुस्
Football Oct 08, 2023 · Shishir

ब्रेन्टफोडलाई युनाइटेडले हरायो

ब्रेन्टफोडलाई युनाइटेडले हरायो

काठमाडौँ । इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले रोमान्चक जित निकालेको छ।

शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

१-० गोलले पछि परेको म्यानचेस्टर युनाइटेडले खेलको ९० मिनेट पछि २ गोल गर्दै खेलमा रोमाञ्चक जित निकालेको हो।

म्यानचेस्टर युनाइटेडका लागि दुवै गोल स्कट म्याकटोमिनीले गरेका थिए। उनले खेलको ९३औं र ९७औं मिनेटमा गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई जिताएका थिए।

उनी सब्सिच्युटको रुपमा खेलको ८७औँ मिनेटमा मैदानमा प्रवेश गरेका थिए।

जितसँगै म्यानचेस्टर युनाइटेडको ८ खेलमा १२ अंक भएको छ र लिगमा नवौं स्थानमा रहेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →