← समाचारमा फर्कनुस्
ब्राइटनसँग युनाइटेडको हार

काठमाडौं । इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड ब्राइटनसँग पराजित भएको छ।
शनिबार भएको खेलमा युनाइटेड घरेलु टोली ब्राइटनसँग २–१ ले पराजित भएको हो।
ब्राइटनको जितमा ड्यानी वेलब्याक र जोआओ पेड्रोले गोल गरे। युनाइटेडका एमद डियालोले गरेको गोल सान्त्वना बन्यो।
वेलब्याकले ३२औं मिनेटमा गोल गर्दै ब्राइटनलाई सुरुआती अग्रता दिलाएका थिए। ६०औं मिनेटमा डियालोले युनाइटेडलाई खेलमा फर्काए। तर, इन्जुरी समयमा पेड्रोले गोल गर्दै ब्राइटनलाई २–१ को जित दिलाए।
जितसँगै दुई खेलमा ६ अंक जोडेको ब्राइटन शीर्ष स्थानमा उक्लिएको छ। पराजित युनाइटेड समान खेलबाट तीन अंकसहित आठौं स्थानमा छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |