← समाचारमा फर्कनुस्
Football Jan 02, 2024 · Nepalsports

मनहर्वा गोल्डकप माघ हुने

मनहर्वा गोल्डकप माघ हुने

बारा । मनहर्वा गोल्डकप फुटबलको तेस्रो संस्करण आउँदो माघमा आयोजना हुने भएको छ । 

बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१८ वडहर्वा फुटबल मैदानमा  मनहर्वा गोल्डकपको तेस्रो संस्करण माघ १३ देखि २० गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी दिएको हो ।

आयोजक मौवा देवी युवा क्लब, वडहर्वाका अनुसार, प्रतियोगितामा विजेता टोलीले दुई लाख र उपविजेताले एक लाख रुपैयाँ नगद पुरस्कार पाउने छन् ।

यस्तै, हरेक खेलको म्यान अफ दि म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, र खेलको सर्वाधिक गोलकर्तालाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको क्लबले जनाएको छ ।

वडहर्वा क्षेत्रकै पुरानो मध्येको प्रतियोगिता मानिने यो गोल्डकप ९ वर्षदेखि आयोजना हुन सकेको थिएन ।

२०६९ सालमा पहिलो र २०७१ मा गोल्डकपको दोस्रो संस्करण भएको थियो

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →