← समाचारमा फर्कनुस्
Football Aug 17, 2024 · Swadesh

म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ।

गएराति ओल्ड ट्राफोर्डमा सम्पन्न नयाँ सिजनमा पहिलो खेलमा फुल्हमलाई १–० गोलले हराउँदै युनाइटेडले सुखद सुरुवात गरेको हो।

युनाइटेडको जितमा जोशुआ जिर्कजीले एक गोल गरेका थिए। उनी हालसालै युनाइटेडमा आबद्ध भएका नेदरल्याण्ड्सका फरवार्ड हुन्।

उनले खेलको ८७औँ मिनेटमा गरेको गोल नै युनाइटेडको जितका लागि निर्णायक बनेको थियो।

यो जितसँगै म्यानचेस्टर युनाइटेडले पहिलो खेलबाटै तीन अंक जोडेको छ। फुल्हमले भने पहिलो खेलमै हार बेहोरेको छ। यसपटक प्रिमियर लिगमा बढुवा भएका लेस्टर सिटी, इपस्विप टाउन र साउथह्याम्पटनसहित २० टोली सहभागी छन्।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →