← समाचारमा फर्कनुस्
Football Aug 02, 2026 · Swadesh

म्यानचेस्टर युनाइटेडसंग एथलेटिको म्याड्रिड पराजित

म्यानचेस्टर युनाइटेडसंग एथलेटिको म्याड्रिड पराजित

स्विडेनको स्टकहोमस्थित स्ट्राबेरिज एरेनामा सम्पन्न प्रिसिजन मैत्रीपूर्ण खेल स्न्यापड्र्यागन कपमा  म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब एथलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेको छ।


नयाँ सिजन २०२६/२७को पूर्वतयारीमा रहेको युनाइटेडले डिएगो सिमिओनीको टोलीविरुद्ध उत्कृष्ट संयम र आक्रमण प्रदर्शन गर्यो।


खेलको पाँचौँ मिनेटमै एथलेटिकोले अग्रता लियो। कर्नर किकको सदुपयोग गर्दै अर्नाउ ओर्टिजले हेडर गोल गर्दै टोलीलाई १–० को बढत दिलाए। पहिलो हाफमा युनाइटेडले केही अवसर बनाए पनि गोल गर्न सकेन।


दोस्रो हाफमा युनाइटेडले आक्रामक खेल प्रस्तुत गर्यो। ५३औं मिनेटमा युवा खेलाडी शिया लेसीले पेनाल्टी क्षेत्रभित्र फउल गर्दा रेफ्रीले पेनाल्टीको दिए। ब्रायन एम्बेउमोले सो पेनाल्टी सहजै गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए। यसको केवल दुई मिनेटपछि नै एम्बेउमोले व्यक्तिगत दोस्रो गोल थपे। यो पटक ज्याक फ्लेचरको पासमा उनले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाए। 


यो जितसँगै म्यानचेस्टर युनाइटेडले 'स्न्यापड्र्यागन कप' समेत आफ्नो नाम गर्यो। टोलीका प्रशिक्षक माइकल क्यारिकले यो प्रदर्शनबाट सन्तुष्टि व्यक्त गरेका थिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →