← समाचारमा फर्कनुस्
मनाङको विजयी सुरुआत

काठमाडौं । मनाङ मर्स्याङदी क्लबले संकटा फुटबल क्लबलाई पराजित गर्दै ललित स्मृति एन्फा यु–१८ युथ लिगमा विजयी सुरुआत गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न दिनको पहिलो खेलमा मनाङले संकटालाई १–० गोलले पराजित गरेको हो।
मनाङको जितमा विशाल चन्दले गोल गरे।
उनले खेलको ४०औँ मिनेटमा गोल गर्दै १–० गोलको अग्रता दिलाएका थिए।
त्यसपछि बाँकी समय थप गोल नुहँदा मनाङले जारी लिगमा सुखद सुरुआत गर्दै तीन अंक जोडेको छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |