← समाचारमा फर्कनुस्
Football Aug 01, 2024 · Swadesh

यु-१८ युथ लिग : मनाङ र थ्री स्टार विजयी

यु-१८ युथ लिग : मनाङ र थ्री स्टार विजयी

काठमाडौं । मनाङ मर्स्याङदी क्लब र थ्री स्टार क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा विजयी हासिल गरेका छन्। 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबार सम्पन्न दिनको पहिलो खेलमा मनाङले विभागि टोली नेपाल एपिएफ क्लबविरुद्ध २-१ को जित हासिल गरेको छ।

मनाङको जितमा दर्शन अधिकारीले गोल गर्दा एक गोल आत्मधाती उपहार पाएको थियो। एपिएफका लागि सुदीप सुनारले गरेको गोल सान्त्वना बन्यो।

पाँचौं जितसँगै ६ खेलमा १५ अंक जोडेको मनाङ शीर्ष स्थानमा उक्लिएको छ। तेस्रो पराजय ब्यहोरेको एपिएफ समान खेलबाट सात अंक छ।

यस्तै, दिनको दोस्रो खेलमा थ्री स्टार क्लबले जावलाखेल युथ क्लबलाई २–० ले पराजित गरेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →