TODAY
All Scores →
← समाचारमा फर्कनुस्
Football Jan 17, 2026 · Swadesh

मनाङको पोस्टमा आर्मीको ५ गोल

मनाङको पोस्टमा आर्मीको ५ गोल

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई राष्ट्रिय लिगमा फराकिलो अन्तरले पराजित गरेको छ।


शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मनाङ विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ५–० ले पराजित भएको हो।


आर्मीको जितमा निराजन धामीले दुई, नवीन लामा, नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्कीले गोल गरे।


आर्मीले पहिलो हाफमै दुई गोल गोल गर्दै अग्रता बनाएको थियो।


जितसँगै बालगोपाल महर्जनको प्रशिक्षणमा रहेको आर्मीले पहिलो खेलमै तीन अंक जोडेको छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Sri Lanka Women Sri Lanka Women 1 0 0
4 Laos Women Laos Women 1 0 0
🏆FIFA World Cup — Group I
1 France 3 9
2 Norway 3 6
3 Senegal 3 3
4 Iraq 3 0
सबै समूह →