← समाचारमा फर्कनुस्
एन्फा यु–१८ लिग : मनाङ पराजित

काठमाडौं । एन्फा यु–१८ लिगमा मनाङ मर्स्याङदी क्लब पराजित भएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न दिनको पहिलो खेलमा मनाङ सातदोबाटो युथ क्लबसँग २–० गोलले पराजित भएको हो।
सातदोबाटोको जितमा सोनमछिरिङ गुरुङ र प्रज्वल कार्कीले गोल गरे।
योसँगै जारी लिगमा पहिलो जित हासिल गरेको सातदोबाटोले चार खेलमा चार अंक जोडेको छ। पराजित मनाङको समान खेलबाट नौ अंक छ।
खेलको १३औं मिनेटमा सोनमको गोलमार्फत सातदोबाटोले सुरुआती अग्रता बनाए थियो। बिक्की शाहीले रातो कार्ड ब्यहोर्दै मैदान छाडेपछि ६३औं मिनेटमा मनाङ १० खेलाडीमा समेटियो।
त्यसपछि प्रज्वलले ७२औं मिनेटमा गोल गर्दै सातदोबाटोलाई २-० को जित दिलाए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |