← समाचारमा फर्कनुस्
Football Dec 23, 2023 · Nepalsports

सिटीलाई क्लब विश्वकपको उपाधि

सिटीलाई क्लब विश्वकपको उपाधि

इंगलिस क्लब म्यानचेस्टर सिटीले क्लब विश्वकपको उपाधि जितेको छ । ब्राजिली क्लब फ्लुमिनेन्सलाई ४–० गोलले पराजित गर्दै  सिटीले पहिलो पटक यस प्रतियोगिताको उपाधि जितेको हो । 

सिटीको लगि जुलियर अल्भारेजले दुई गोल, फिल फोडेनले एक गोल र एक गोल आत्मघाति गोल उपहार पाएको थियो । 

सिटीले खेलको पहिलो मिनेटमै अल्भारेजको गोलमा अग्रता लिएको थियो । खेलको २७ औं मिनेटमा फिल्होले फोडेनको सट रोक्न खोज्दा आत्मघाति गोल भएपछि सिटीले अग्रता दोब्बर बनाएको थियो।  

त्यसैगरी खेलको ७२ औं मिनेटमा फोडेनले अल्भारेजको क्रसमा गोल गर्दै ३-० गोलको अग्रता दिलाए। खेलको ८८औं मिनेटमा नुनेजको पासमा अल्भारेजले गोल गर्दै सिटीलाई ४–० को शानदार जित दिलाए । 

यस ट्रफी सहित सिटीले यस वर्ष ५ मुख्य प्रतियोगीता जितेका छन्। प्रिमियर लिग, एफ ए कप, च्याम्पियन्स र सुपर कपको उपाधिको  जितेको थियो ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →