← समाचारमा फर्कनुस्
साफ यु–२० : भुटान र माल्दिभ्स भिड्दै

काठमाडौँ । साफ यु–२० च्याम्पियनसिप २०२४ अन्तर्गत बुधबार भुटानले माल्दिभ्सको सामना गर्दै छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यी दुई टोलीबीचको खेल दिउँसो तीन बजेबाट सुरु हुनेछ।
जारी प्रतियोगितामा पहिलो खेलमा भारतसँग एक शून्य गोलले पराजित भुटान अघिल्लो चरण प्रवेशको लागि जित निकाल्नै पर्ने दबाबमा रहेको छ।
यता, यस प्रतियोगितामा पहिलो खेल खेल्न लागेको माल्दिभ्स पहिलो जितसहित सुखद सुरुआत गर्ने योजना रहेको छ।
समूह ए बाट नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालले पहिलो खेलमा श्रीलंकालाई एक शून्य तथा बंगलादेशले श्रीलंकालाई मंगलबार २–० ले पराजित गरेको थियो।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |