← समाचारमा फर्कनुस्
Cricket Nov 29, 2025 · Swadesh

एसीसी यु–१९ प्रिमियर कप मलेसिया ५१ रनमै अलआउट

एसीसी यु–१९ प्रिमियर कप मलेसिया ५१ रनमै अलआउट

काठमाडौँ। एसीसी यु–१९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले मलेसियाबाट ५२ रनको सामान्य लक्ष्य पाएको छ। 


यूएईको अजमनमा जारी खेलमा नेपालले जितका लागि सामान्य लक्ष्य पाएको हो। टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले १७‍।२ ओभरमा सबै विकेट गुमाएर ५२ रन मात्रै बनाउन सक्यो। मलेसियाको लागि हम्जाह पङ्गगीले २० बलमा सर्वाधिक १३ रन बनाए। यस्तै, मोहमद फतुलले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले रन बनाउन सकेनन्।


मलेसियालाई कम स्कोरमा रोक्न नेपालका लागि नितिश कुमार पटेलले सर्वाधिक चार, चन्दन रामले तीन, कप्तान अशोक धामी, अपराजित पौडेल र रोसन विश्वकर्माले समान एक विकेट लिए।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →