← समाचारमा फर्कनुस्
Football Jun 09, 2024 · Swadesh

मनोहरामाथि महावीरको सहज जित

मनोहरामाथि महावीरको सहज जित

काठमाडौं । महावीर क्लबले सहिद स्मारक सी डिभिजन लिगको अन्तिम खेलमा मनोहरा युनाइटेड क्लबमाथि सहज जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा आइतबार सम्पन्न भएको खेलमा महावीरले मनोहरालाई ३-१ गोल अन्तरले पराजित गरेको हो।

महावीरको जितमा शिवप्रसाद चौलागाईं २ र सुरज थारुले १ गोल गरे। यता, मनोहराको लागि सञ्जय श्रेष्ठले सान्त्वना गोल गरे। 

महावीरका लागि शिवले खेलको १० र २०औँ मिनेटमा गोल गरेका थिए। यस्तै सुरज थारुले पहिलो हाफको अतिरिक्त समयको पाँचौं मिनेटमा गोल गर्दै महावीरलाई ३-० को अग्रता दिलाए। मनोहराका सञ्जयले ६९औं मिनेटमा गोल गरेपनि हारबाट जोगाउन सकेनन्।

जितसँगै महावीर सातौं स्थानमा उक्लिएको छ। महावीरको १३ खेलबाट १६ अंक रहेको छ। समान अंक भएपनि एक खेल कम खेलेको झम्सिखेल युथ क्लब गोल अन्तरले पछि पर्दै आठौं स्थानमा झरेको छ।

पराजित मनोहरा १५ अंकसहित नवौं स्थानमा छ।

AFC Asian Cup Qualifier
#टिमPW Pts
1 Nepal Women Nepal Women 3 2 6
2 Uzbekistan Women Uzbekistan Women 1 1 3
3 Laos Women Laos Women 1 0 0
4 Sri Lanka Women Sri Lanka Women 1 0 0
🏆FIFA International Friendly
1 Thailand Women Thailand Women 1 3
2 Nepal Nepal 2 2
3 Hong Kong Hong Kong 1 1
4 Bangladesh Bangladesh 1 1
सबै समूह →