← समाचारमा फर्कनुस्
यु-१८ युथ लिग : मच्छिन्द्र विजयी

काठमाडौं । मच्छिन्द्र फुटबल क्लबले एन्फा यु-१८ युथ लिगमा एफसी खुमलटारलाई पराजित गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न खेलमा मच्छिन्द्रले खुमलटारविरुद्ध २-१ गोलको जित हासिल गरेको गरेको हो।
६०औं मिनेटमा कविर तामाङले मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाएका थिए। तर, मच्छिन्द्रको सो अग्रता लामो समयसम्म भने टिक्न सकेन। तीन मिनेटपछि नै पवन दर्लामीले खुमलटारलाई बराबरीमा ल्याए।
९०औं मिनेटमा रोनिक रानामगरले गोल गर्दै मच्छिन्द्रलाई २-१ को जित दिलाए।
जितसँगै मच्छिन्द्रले चार खेलमा आठ अंक जोडेको छ। लगातार तेस्रो पराजय बेहोरेको खुमटारको समान खेलबाट तीन अंक छ।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |