← समाचारमा फर्कनुस्
भगवतीविरुद्ध मच्छिन्द्रको जित

काठमाडौं। मच्छिन्द्र फुटबल क्लबले राष्ट्रिय लिगमा श्री भगवती क्लबविरुद्ध जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा मच्छिन्द्रले २–० गोल अन्तरले हराएको हो। लिगमा भागवतीको यो चौथो हार हो। मच्छिन्द्रको भने पाँचौं जित हो।
जितसँगै शीर्ष स्थानमा रहेको मच्छिन्द्रले ६ खेल खेल्दै १६ अंक पुर्याएको छ। समान खेलबाट भगवतीको ४ अंक छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
खेलको ५३औं मिनेटमा जोनाथनको फ्री किकमा प्रदीप बुढाथोकीले गोल गर्दै मच्छिन्द्रलाई सुरुआती अग्रता दिलाए। ५७औं मिनेटमा दिवाकर चौधरीको पासमा फ्रैंकले गोल गर्दै मच्छिन्द्रलाई जित दिलाए।
AFC Asian Cup Qualifier
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 | 1 | 0 | 0 | |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |