मच्छिन्द्र र आर्मी विजयी

काठमाडौं। राष्ट्रिय लिग अन्तर्गत मच्छिन्द्र फुटबल क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबले आ–आफ्नो खेलमा विजयी हासिल गरेका छन्।
शनिबार त्रिपुरेश्वस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा आर्मीले चित्लाङ फुटबल क्लबमाथि ५–१ को शानदार जित निकालेको छ।
खेलको २६औँ मिनेटमा चित्लाङका म्याथ्यु बाबाटुन्डेले गोल गर्दै टोलीलाई अग्रता दिलाए पनि त्यसपछि खेलमा आर्मी पूर्ण रूपमा हाबी रह्यो। आर्मीका लागि ४०औँ र ८२औँ मिनेटमा दिनेश हेनजानले दुई गोल गर्दै उत्कृष्ट प्रदर्शन गरे।
त्यसैगरी पहिलो हाफको इन्जुरी समयमा अनवायु श्रेष्ठले गोल गरे भने ६३औँ मिनेटमा नबिन लामा पेनाल्टीमार्फत गोल गर्न सफल भए। खेलको ८५औँ मिनेटमा नरेन्द्र चौधरीले अर्को गोल थप्दै आर्मीको जित सुनिश्चित गरे।
जितसँगै आर्मीले तीन अंक जोड्न सफल भयो।
यस्तै, आजै भएको पहिलो खेलमा मच्छिन्द्रले प्लानिङ ब्वाइज युनाइटेडलाई २–० ले पराजित गर्यो। जारी प्रतियोगितामा मच्छिन्द्रको यो लगातार तेस्रो जित हो।
| # | टिम | P | W | Pts |
|---|---|---|---|---|
| 1 |
Nepal Women |
3 | 2 | 6 |
| 2 |
Uzbekistan Women |
1 | 1 | 3 |
| 3 |
Laos Women |
1 | 0 | 0 |
| 4 |
Sri Lanka Women |
1 | 0 | 0 |
Laos Women